हाम्रो सहयोगी सहकारीको स्थापना दिवस विशेष फुटसल: सजिलो सहकारी च्याम्पियन

मंगलबार स्वास्थ्य शिविरसहित खुला रक्तदान हुने

पाेखरा | जेठ १८, २०८२

हाम्रो सहयोगी सहकारीको स्थापना दिवस विशेष फुटसल: सजिलो सहकारी च्याम्पियन

पोखरा:    हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो १६ औं स्थापना दिवस मनाउँदैछ । 

 

स्थापना दिवसको अवसरमा आयोजित सहकारी संचालकस्तरीय मैत्रीपूर्ण फुटसल प्रतियोगितामा सजिलो बचत तथा ऋण सहकारी संस्था च्याम्पियन बनेको छ ।

 

एक्स आर्मी फुटसल जोनमा भएको फाइनल खेलमा आयोजक हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थालाई ४–३ गोलको अन्तरले पराजित गर्दै सजिलो सहकारी च्याम्पियन बनेको कार्यक्रम संयोजक श्रीजन श्रेष्ठले बताए ।

 

यसअघि सजिलो बचत तथा ऋण सहकारी संस्थाले मानषा बहुउदेश्यीय सहकारीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । भने, आयोजक हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले हाम्रो बहुउदेश्यीय सहकारी संस्थालाई हराउँदै फाइनलमा सजिलो सहकारीसँगको भेट पक्का गरेको थियो ।

 

 

सो प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई यही २० गते मुल समारोह कार्यक्रमको दिन पुरस्कार वितरण गरिने संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमिल्सीनो बताए । 

 

सो प्रतियोगितामा पोखराका कुल ८ टिमको सहभागिता रहेको सञ्चालक समितिका सचिव मनोज विश्वकर्माले जानकारी दिए । 

 

यसअघि फाइनलमा रेफ्रिलाई बल हस्तान्तरण गर्दै संस्थाका पूर्वअध्यक्ष तथा युवा व्यवसायी किसान सुनारले खेलकुदले नागरिकलाई स्वस्थ्य र अनुसाशित हुन प्रेरित गर्ने धारणा राखे । 

 

वित्तिय क्षेत्रमा सेवारत सहकारीले स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजना गरेका फुटसलले एक आपसमा भाइचारको सम्बन्ध मजबुद गर्न मद्दत पुग्ने व्यक्त गरेका थिए । 

 

 

२० गते मुल समारोहसहित खुला रक्तदान आयोजना हुने


संस्थाको १६ औँ वार्षिककोत्सवको मुल समारोह यही २० गते विविध कार्यक्रमसहित आयोजना हुँदैछ ।

 

उक्त दिन संस्थाले खुला रक्तदान, निशुल्क रक्त परिक्षण स्कीन टेष्ट लगायतका कार्यक्रहरु आयोजना गर्ने तयारी रहेको संस्थाका व्यवस्थापक जिबन अधिकारीले जानकारी दिए ।

 

उनका अनुसार सो कार्यक्रम पोखरा महानगरपालिका १४ चाउँथेमा आयोजना हुनेछ ।  

 

कुल ८ करोड शेयर पुँजी रहेको संस्थाले हाल पृथ्वीचोक र चाउँथे गरी एकसाथ २ स्थानबाट आफ्ना सदस्यहरुलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

 

संस्थामा हाल १ हजार ३ सय ६४ जना शेयर सदस्य आबद्ध रहेका छन् ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्